घृष्णा फैलाउने हर्कत गर्ने डा.मित्र परियार पश्चिमा राष्ट्रको दूतावासका पूर्व कर्मचारी

काठमाडौं । नेपालस्थित बेलायती राजदूतावासका पूर्वकर्मचारी डा.मित्र परियार निकै आक्रामक रुपमा मिलेर बसेको समाजमा धार्मिक संहिष्णुता बिथोल्ने गतिविधिहरूमा लागेका छन् ।

डा.परियारका अभिव्यक्ति र गतिविधिहरू मिलेर बसेको समाजविरुद्ध हुने गरेका छन् । उनका अन्तर्वार्ता र सामाजिक सञ्जालहरूमा समाज बिथोल्ने खालका कुराहरू हुने गरेका छन् । डा.परियारका अराजक सामग्रीहरू सामाजिक सञ्जालमा हुँदा समेत नियामक निकायको ध्यान पुग्न सकेको छैन ।

डा.परियारलाई कसले परिचालन गरिरहेको छ ? प्रश्न उठेको छ । डा.परियारका गतिविधि क्रिश्चियन धर्मलाई सहयोग पुग्न खालका रहेको आरोप लाग्ने गरेको छ । डा.परियारले लामो समयसम्म बेलायती राजदूतावासको कार्यालय लैनचौरमा काम गरेका थिए । डा.परियारले मिडियासम्बन्धी काम हेर्ने गर्थे ।

आफूलाई स्वघोषित दलित अभियन्ता बताउने डा.परियारले अहिले पनि बेलायती राजदूतलाई भेट गर्नेदेखि पश्चिमा राष्ट्रका कुटनीतिज्ञहरूसँग भेटवार्ता गर्दै आएका छन् ।

डा.परियारका लेख र रचनाहरू पश्चिमा राष्ट्र अर्थात क्रिश्चियनको प्रचारक र हिन्दु धर्म विरोधी वेबपोर्टलहरूमा आउने गरेका छन् ।

पश्चिमा राष्ट्रहरू नेपालमा क्रिश्चियन धर्म बढाउन ठूलो रकम खर्च गरेको भनेर आरोप लाग्दै आएको छ । यस्तो अवस्थामा सामाजिक सद्भाव बिथोलिने गरेर डा.परियारले अभिव्यक्ति र गतिविधिहरू गरेपछि आशंका उब्जिएको छ । उनका घृष्णा फैलाउने अभिव्यक्तिप्रति नेपाल प्रहरीको साइबर व्यूरोले ध्यान दिनुपर्छ । होइन भने त्यही कुराहरूले समाजलाई असर पर्न सक्छ ।

सामाजिक सद्भाव बिथोल्ने गतिविधि गर्दै आएको मंगोल नेश्नल अर्गनाइजेशनका कार्यक्रममा पनि डा.परियार सहभागी हुने गरेका छन् । यो संस्था पूर्वी पहाडी जिल्लाहरूमा निकै साम्प्रदायिक गतिविधिहरूमा लागेको भनेर आलोचना भइरहेका छन् ।

Published : Thursday, 2023 October 5, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया