कान्तिपुरका मालिक कैलाश सिरोहियाको अहँकार र दम्भ भत्काउने निर्णय
काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपको हर्कत र ज्यादतीविरुद्ध कडा कदम उठाएको छ ।
कान्तिपुर मिडिया ग्रुपबाट कानूनविपरीत निष्कासन तथा सरुवा गरिएका पत्रकारहरूसँग बुधबार महासंघ केन्द्रीय कार्यालयमा छलफल भएको प्रेस नाेटमा उल्लेख छ ।
छलफलले कानूनविपरीत भएका सुरुवा बदर, निष्कासन गरिएका पत्रकारहरूको पुनर्बहाली र पारिश्रमिक नियमित भुक्तानीलाई वार्ताको पहिलो शर्त बनाउने निष्कर्ष निकालेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् ।
‘जुनसुकै विषयमा निर्णय लिँदा सम्बन्धित सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐनका प्रावधानहरूको अक्षरश: पालना गर्नुपर्ने निष्कर्ष छलफलले निकालेको छ’, पोखरेलले भने ।
त्यसरी निर्णय लिँदा राज्यले तोकेको न्यूनतम पारिश्रमिकलाई आधार बनाउनुपर्ने छलफलको निष्कर्ष रहेको प्रेस नाेटमा उल्लेख छ ।
आन्दोलनको घोषणा, कानूनी उपचारको तयारी र सम्वादलाई सँगसँगै अगाडि बढाउने निष्कर्ष छलफलले निकालेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले आवश्यकता अनुसार आन्दोलन, सम्वाद र कानूनी उपचारलाई सँगसँगै अगाडि बढाउने बताएका छन् ।
पोखरेलले वार्तामार्फत् समस्या समाधान हुने स्थिति नदेखिए कानूनी उपचारको तयारी र आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी कान्तिपुर मिडिया ग्रुपका मालिकलाई दिएका छन् ।
कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाले पत्रकार, कर्मचारीहरूविरुद्ध लामो समयदेखि निकै ठूलो ज्यादती गर्दै आएका छन् । कान्तिपुर दैनिक पत्रिकाको आड र ध्वाँसको भरमा सिरोसियाले पत्रकार, कर्मचारी र मजदुरमाथि दमन गर्दै आएको आरोप छ ।
कान्तिपुर मिडिया ग्रुपमार्फत सञ्चालित कान्तिपुर दैनिक पत्रिका, कान्तिपुर टिभी, रेडियो कान्तिपुर एफएमबाट सिरोहियाले राज्यबाट ठूलो सहुलियत पाउने गरेका छन् । तर, उनले पत्रकार, कर्मचारी र मजदुरहरूलाई राज्यले दिने न्यूनतम सुविधा पनि नदिएको भनेर आन्दोलन हुँदै आएको छ ।
पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका मालिक सिरोहियाविरुद्ध पहिलो पटक जबरजस्त रुपमा फायर खोलेको छ ।
छलफलमा महासंघका अध्यक्ष पोखरेलसँगै नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, महासंघका उपाध्यक्ष रमेश विष्ट, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी तथा कान्तिपुर मिडिया ग्रुपका पत्रकार, कर्मचारी र मजदुरहरू लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया