माओवादी नेतालाई सेनाको हेलिकप्टरमा नेपालगञ्ज ल्याइयो

काठमाडौं । अछाम जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरमा नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यलाई उपचारका लागि ल्याइएको छ ।

सचिव आचार्य पार्टीको ३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गतको कार्यक्रममा भाग लिन अछाम जिल्ला गएका थिए ।

समीक्षा बैठकमा सहभागी हुन पुगेका सुदूरपश्चिम इञ्चार्ज रहेका आचार्य अस्वस्थ भएपछि सेनाको हेलिकप्टरबाट बाँके ल्याइएको छ ।

उनको बयलपाटा अस्पतालमा प्रारम्भीक उपचार गरिएको थियो । उपचार सम्भव नभपछि आचार्यलाई नेपालगन्ज ल्याइएको छ ।

आचार्यको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको माओवादीका नेता खगराज भट्टले बताएका छन् ।

Published : Wednesday, 2023 October 4, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया