गण्डकी एमालेको अध्यक्षमा मायानाथ र नवराजबीच टक्कर, प्रारम्भमा अधिकारी हाबी
पोखरा । एमालेको गण्डकी प्रदेशको अधिवेशनमा अध्यक्ष पदमा लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्माले प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।
एमालेका नेताहरू पद्मा अर्याल, खगराज अधिकारी, पृथ्वीसुब्बा गुरुङलगायतका बीच सहमतिको प्रयास भएका थिए । प्रयासहरू असफल भएपछि उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने निर्णयमा नेताहरू पुगेका छन् ।
मायानाथ अधिकारीलाई ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, पदमा अर्याल, योगेश भट्टराई, खगराज अधिकारी, किरण गुरुङ, लगायतको सहयोग छ । नवराज शर्मालाई विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको छ ।
मायानाथ अधिकारीको समूहबाट उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मी आचार्य, उप–सचिव म्याग्दीमा सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवारी दिने तयारी गरेका छन् ।
नवराज शर्माको समूहबाट उपाध्यक्ष स्याङ्जामा मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उप–सचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिकलाई उम्मेदवार बनाउने तयारी भएको छ । अधिवेशनबाट १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।
यसअघि लुम्बिनी, बागमती र कर्णाली प्रदेशमा अधिवेशन सकिइसकेको छ । लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल र कर्णालीमा गुलाबजंग शाह र कोशीमा घनश्याम खतिवडा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन् । यसपछि उपत्यका विशेष, सुदूरपश्चिम र मधेस प्रदेशमा अधिवेशन हुने छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया