‘फण्डाबाज’ गृहमन्त्री श्रेष्ठको कर्तुतबारे ओली खुलेरै बोले, भेदभावको व्यवहार नगर्न चेतावनी

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली सुन तस्करी काण्ड लगायतका विषयमा भेदभावपूर्ण दोहोरो गतिविधि गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरण ढाकछोप गर्न लागेको आरोप लगाए । ओलीले श्रेष्ठलाई दोहोरो चरित्र देखाएको पनि बताएका छन् ।

‘गृहमन्त्रीजीले हेटौँडामा उधुमै खोख्नु भयो । सरकारले सुशासनको अभियान चलाएकोमा संगठित रूपमा विरोधी लागेका छन् भन्नुभयो’, ओलीले भने, ‘कुन विरोधी हो ? सुन तस्करी पक्राउ पर्छ । तपाईं ढाकछोप गर्न लाग्नु हुन्छ ।’

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणबारे छानबिन आयोग बनाउन एक महिना लडाइँ गर्नुपरेको बताएका छन् ।

‘छानबिन आयोग बनाउन एक महिना लडाइँ गर्नुपर्छ’, ओलीले भने, ‘छानबिन गर्दा तपाईंको के बिग्रिन्थ्यो ? किन आत्तिएको ? गफ दिनु हुन्छ हेटौँडा गएर ?’

सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाएका छन् ।

‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ’, उनले भने, ‘छानबिन गर्दा के बिग्रिन्थ्यो ? महासय तपाईं किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग ?’

प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीको भनाइ थियो ।

Published : Tuesday, 2023 October 3, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया