बझाङ केन्द्रबिन्दु भएको ६.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर बझाङ र बैतडीमा ५/६ जना घाइते भएका छन् ।

मंगलबार सुदूरपश्चिम प्रदेशको बुझाङलाई केन्द्र बनाएर भूकम्प गएको छ । भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ ।

पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।

Published : Tuesday, 2023 October 3, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया