मन्त्री खनालद्वारा स्वास्थ्यका कर्मचारीहरूलाई देखिने गरेर काम गर्न निर्देशन
देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशमा काम गर्ने सहयोगी निकायहरूले मन्त्रालयले निर्धारण गरेको क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् ।
प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि प्रदेश सरकारले तय गरेको रोडम्यापमा रहेर मन्त्रालयले भनेको क्षेत्रमा सहयोगी निकायले काम गर्नुपर्ने उनले बताए ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका कर्मचारीसँगको छलफलमा मन्त्री खनालले सहयोगी निकायका कार्यक्रम केही जिल्लामा मात्रै केन्द्रित रहेको बताए ।
मन्त्री खनालले परिणाम देखिने गरी काम गर्न स्वास्थ्य निर्देशनालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । उनले सबैसँग समन्वय गर्ने प्रणाली स्थापित गरेर परिणाम देखिने गरी काम गर्न आवश्यक रहेको बताए ।
काम गर्दा आउने समस्या समाधानका लागि आफूले नीतिगत रूपमा सहजिकरण गर्ने भन्दै स्वास्थ्यमन्त्री खनालले मन्त्रालय, निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र लगायतका निकायका कर्मचारीहरूबीच पनि समन्वय हुन आवश्यक रहेको बताए ।
स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले मन्त्रालयअन्तर्गतका निकायहरूबीच एकआपसमा समन्वय हुन नसकेको देखिएकाले त्यसलाई सुधार्न आवश्यक रहेको बताए ।
स्वास्थ्य निर्देशक डा.विनोद गिरीले निर्देशनालयले गरेका कामको बारेमा जानकारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया