बौद्धको कानिङ सेडुप लिङ गुम्बा तथा विकास कोषद्वारा वार्षिक बजेट र कार्यक्रम पारित

काठमाडौं । कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषको २१औँ साधारण सभा सम्पन्न भएको छ ।

सोमबार कोषको कार्यालय, रामहिटी, बौद्धमा उपाध्यक्ष उर्गेन तेनफेल लामाको अध्यक्षतामा भएको साधारण सभामा कोषको आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेट स्वीकृत गर्ने निर्णय भएको छ । कोषका कोषाध्यक्ष छुल्ठिम धोर्जे लामाले आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

कोषका संरक्षक गुरुवर छ्योकी नीमा रिन्पोछेद्वारा साधारण सभाको उद्घाटन गरिएको थियो । रिन्पोछेले कोषको उन्नति र प्रगतिको लागि शुभकामना दिएका छन् ।

सभामा २०७९ सालको कात्तिक ४ गते भएको सामाजिक लेखापरीक्षणको प्रतिवेदन पनि साधारण सभामा पेश भएको छ । साधारण सभाले सो प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनलाई पनि साधारण सभाले अनुमोदन गरेको विज्ञप्तिमा उल्लेख छ ।

साधारण सभाले गुम्बाको विभिन्न प्रशासनिक, आर्थिक लगायतका कार्यक्रमहरूमा सुझाव लिने निर्णय पनि गरेको छ ।
समितिका सदस्य खेन्पो पेमा लामाले साधारण सभामा उपस्थित सबैलाई धन्यावाद दिएका छन् ।

Published : Monday, 2023 October 2, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया