शहरी विकासमन्त्री गुरुङद्वारा ठूला कर्मचारीहरूको सरुवा, लाग्यो आर्थिक चलखेलको आरोप
काठमाडौं । शहरी विकास मन्त्रालयले सह–सचिवसहित ईन्जिनियर, शाखा अधिकृत र नासुहरूको सरुवा गरेको छ ।
मन्त्रालयमा कार्यरत उप–महानिर्देशकसहित उप–सचिव र अधिकृतस्तरका कर्मचारीको सरुवा गरिएको छ । सहरी विकासमन्त्री सीता गुरुङको आदेशमा कर्मचारीहरूको सरुवा भएको छ । आकर्षक ठाउँहरूमा आर्थिक चलखेल गरेर सरुवा गरिएको आरोप मन्त्री गुरुङलाई लागेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक नारायणप्रसाद भण्डारीको सरुवा भएको छ । भण्डारीलाई विभागको शहरी विकास महाशाखासहित फोहोरमैला व्यवस्थापन आयोजना, कार्यान्वयन इकाईमा सरुवा गरिएको छ ।
भवन महाशाखा र विशेष भवन निर्माण आयोजना समन्वयका मचाकाजी महर्जनलाई विभागको आवास महाशाखासहित विशेष भवन निर्माण आयोजना समन्वयन कार्यालयकोसमेतको जिम्मेवारी दिइएको छ ।
आवास महाशाखा हेर्ने प्रकिर्ण तुलाधरलाई भवन महाशाखा प्रमुखमा सरुवा गरिएको छ । सरुवा हुनेहरूमा सीडीइ महेशप्रसाद यादवको स्थानीय पूर्वाधार किवास आयोजना धनगडी, जयराम श्रेष्ठलाई ग्रामीण सडक सञ्जाल सुधार आयोजना रोल्पा, जनकराज पन्तलाई स्थानीय पूर्वाधार विकास आयोजना पोखरा, रामकाजी श्रेष्ठलाई ग्रामीण सडक सञ्जाल सुधार आयोजना पर्वत, महेश्वर घिमिरेलाई ग्रामीण सडक ललितपुर, नारायणप्रसाद रुेष्ठ, लाई स्थानीय पूर्वाधार विभाग पुल्चोक, प्रेमनारायण बस्याललाई सस्पेन्सन बृज डिभिजन पुल्चोक, राकेशराज मिश्रलाई स्थानीय पूर्वाधार विकास आयोजना हेटौँडा, ओमकुमार साहको स्थानीय पूर्वाधार आयोजना जनकपुरमा सरुवा भएको छ।
ईन्जिनियर रामाषिश साहलाई ग्रामीण सडक सञ्जाल सुधार रुकुम, शाखा अधिकृत भक्तबहादुर खड्काको काठमाडौं उपत्यका ग्रामीण विकास प्राधिकरण अनामनगर, शाखा अधिकृत महेश राईको शहरी विकास तथा भवन निर्माण विभाग, नासु सुनिलकुमार रोकायलाई शहरी विकास तथा भवन निर्माण विभाग, आयोजना प्रमुख डा.युवराज पौडेललाई कामु आयोजना प्रमुख नेपाल शहरी शासकीय क्षमता र पूर्वाधार सुधार आयोजना बबरमहल, सीडीई रमित श्रेष्ठलाई आयोजना प्रमुख सघन शहरी तथा भवन निर्माण आयोजना रामेछाप, प्रभाकरलाल कर्णलाई आयोजना प्रमुख सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगा, आयोजना प्रमुख सचिन्द्रकुमार देवलाई सीडीइ संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा सरुवा भएको छ ।
सीडीई विश्वराम प्रजापतीलाई सीडीई शहरी विकास तथा भवन निर्माण भवन बबरमहल, सीडीई महेश्वरबहादुर सिंहलाई सघन शहरी तथा भवन निर्माण आयोजना जुम्ला, आयोजना प्रमुख प्रदीपकुमार सिंह सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी, सीडीई प्रकाश अर्याललाई जिल्ला आयुक्त काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौं, जिल्ला आयुक्त जगदीश लामिछानेलाई सीडीई शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल, काम आयोजना प्रमुख सुमन मिश्रलाई सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा, ईन्जिनियर सुदीप पौडेललाई सघन शहरी तथा भवन निर्माण आयोजना झापा, कामु आयोजना प्रमुख रञ्जनकुमार दासलाई राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र बबरमहल, ईन्जिनियर द्रोणमानदेव कटुवाललाई सघन शहरी तथा भवन निर्माण आयोजना चितवनमा सरुवा भएको छ ।
ईन्जिनियर उमेशकुमार चौधरीलाई संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानोगौचरण काठमाडौं, ईन्जिनियर कमलमणि खतिवडालाई शहरी विकास तथा भवन निर्माण विभाग, ईन्जिनियर आस्था आचार्यलाई शहरी विकास तथा भवन निर्माण विभाग, ईन्जिनिर सुनिलकुमार चौधरीलाई काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयमा सरुवा भएको छ ।
आकर्षक ठाउँ नपाएका कर्मचारीहरू मन्त्री र सचिवसँग रिसाएका छन् । असन्तुष्ट कर्मचारीहरूले मन्त्री र सचिवले आफ्नालाई काखी च्यापेर लेनदेन गरेर आकर्षक ठाउँमा सरुवा गरेको आरोप लगाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया