पोखराबाट सुर्खेत हिँडेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते
काठमाडौं । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना १४ यात्रु घाइते भएको छ ।
सोमबार बिहान करीव ५ बजे लमही नगरपालिका वडा नं. ४ बनगाउँस्थित बबई सोता पुलको साईडमा पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बस आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते भएका छन् । बसमा १६ जना यात्रु सवार थिए । घाइतेमध्ये २ जना सकुशल रहेका छन् ।
प्रहरीले घाइतेहरूलाई प्रारम्भीक उपचारको लागि लमही अस्पतालमा लगेको छ । बसका चालक रामेछापको सुनपती गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३३ का रामकृष्ण खडकालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
घाइते हुनेहरूमा कास्कीको मादी गाउँपालिका ८ बस्ने वर्ष ३६ को गणेश बराल, रामेछापको सुनपती गाउँपालिका ३ बस्ने वर्ष ३३ को रामकृष्ण खडका, वर्ष ४० को टेकबहादुर खड्का, बर्दियाको बारबर्दिया नगरपालिका ९ बस्ने वर्ष ५० को जोतीराम चौधरी, सुर्खेतको सिम्ता गाउँपालिका ९ बस्ने वर्ष ३६ को कविराम खड्का, जाजरकोटको छेडागाड नगरपालिका ९ बस्ने बर्ष २१ को प्रकाश अधिकारी रहेका छन् ।
दैलेखको गुरास गाउँपालिका ३ बस्ने वर्ष १८ को पुष्कर शर्मा, सुर्खेतको भेरीगंगा नगरपालिका ९ बस्ने वर्ष ५६ को लाले चुदारा, वर्ष ५१ को कले बिक, सुर्खेतको भेरीगंगा नगरपालिका ११ बस्ने वर्ष ४६ को डम्बर बिक, दैलेखको गुरास गाउँपालिका ६ बस्ने वर्ष ३८ को प्रेम बिक, सुर्खेतको बराहताल गाउँपालिका ४ बस्ने तिलक बडवाल, दैलेखको चामुण्डा बिन्दासैनी गाउँपालिका ४ बस्ने भुपेन्द्रबहादुर शाही र जाजरकोटको नलगाढ नगरपालिका ४ बस्ने बस्ने वर्ष ३८ को सेतेन्द्र बोहरा घाइते भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया