कुलमान घिसिङ अस्वस्थ, घरमा उपचार गराउँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अस्वस्थ भएका छन् ।

कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमणका कारण घिसिङ केही दिनयता बिदा लिएर घरमै आराम गरिरहेका छन् ।

स्रोतले भन्यो, ‘एक/दुई दिन त उहाँलाई धेरै नै गाह्रो भएको थियो । अहिले केही कम भएको छ । पूरै निको हुने केही दिन लाग्न सक्छ ।’

Published : Friday, 2023 September 29, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया