कांग्रेसले लोकतन्त्र संरक्षणको लडाईं लड्दै आएको छ : मधेश सभापति यादव
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेको भ्रातृ संगठन, सूचना संचार तथा प्रचारप्रसार विभाग समितिलाई प्रमाणपत्र वितरण तथा सम्मान गरिएको छ ।
शुक्रबार जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मधेश प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले विभागका पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका छन् ।
मन्त्री यादवले प्रजातन्त्रदेखि अहिलेसम्म कांग्रेसले लोकतन्त्र संरक्षणको लडाईं लड्दै आएको बताएका छन् । उनले समाचार सम्प्रेषण गर्दा सत्य तथ्य बुझेर गरेको खण्डमा संचारमाध्यमहरूको महत्व बढ्ने बताए ।
नेपाली कांग्रेस मधेश प्रदेशका उप–सभापति तथा प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पनि विभाग समितिलाई शुभकाना व्यक्त गर्दै समाजमा रहेका विभिन्न विकृति विसंगतीविरुद्ध कलम चलाउन संचारकर्मीलाई आग्रह गरेका छन् ।
मधेश प्रदेशका गृह संचार तथा कानुनमन्त्री मोहम्मद समिमले संचारमाध्यमकै कारण जनता सुसूचित हुने भएकोले संचारमाध्यमलाई सबै तर्फबाट सहयोग आवश्यक रहेको बताए ।
प्रदेश सरकार संचारमाध्यमको विकासमा गम्भीर रहेको उल्लेख गर्दै मन्त्री समिमले भने, ‘तपाईंहरू सत्य तथ्य समाचार सम्प्रेसण गर्नुस्, यसले आम जनता सुसूचित हुनुको साथै विभिन्न विकृति विसंगतीहरू आफैँ समाप्त हुँदै जान्छ ।’
सूचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेश प्रमुख प्रमुख नितेसकुमार गुप्ताको सभातित्वमा भएको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य नागेन्द्र साह, कांग्रेस मधेश प्रदेशका उप–सभापति तथा प्रशिक्षण विभाग प्रमुख चन्द्रशेखर यादव, भौतिक पूर्वाधार बिकासमन्त्रीका मुख्य सचिव सन्तुप्रसाद यादव, नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यनारायण श्रेष्ठ, नेपाली कांग्रेस स्वास्थ्य सेवा विभागका प्रमुख शर्मिला थापालगायतको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया