डा.लामासहितको टोलीद्वारा तिलौराकोटको अवलोकन, विश्व सम्पदा सूचीमा राखिने

लम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा(ल्हारक्याल लामा (खेन्पो छिमे)ले तिलौराकोटको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

मंगलबार बिहान पूर्वसांसद समेत रहेका डा.लामाले कपिलवस्तुको तिलौराकोटको अवलोकन गरेका हुन् । उनले प्रचीचन शाक्य गणराज्यको राजधानी तिरौलाकोटलाई विश्व सम्पदा सूचीमा राख्ने पहल गर्ने बताएका छन् ।

पूर्वअर्थराज्य समेत रहेका उपाध्यक्ष डा.लामाले भने, ‘लुम्बिनीको विकास र प्रवर्द्धनसँगै तिलौराकोटको पहिचान पनि आवश्यक छ । तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा राखेर लुम्बिनीको विकास गर्छु ।’

तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखेर सरकारी तथा सरोकारवाला निकायहरूबाट चाहिने आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि निर्देशक समिति पनि गठन भएको छ ।

समितिको संयोजक पनि डा.लामा हुन् । उनले तिलौराकोटबारे मंगलबार समितिको बैठक राखेर काम अगाडि बढाउने निर्णय समेत गरेका छन् ।

तिलौराकोटको निरीक्षण भ्रमणमा निर्देशक समितिका संयोजक समेत रहेका उपाध्यक्ष डा.लामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, निर्देशक समितिका सदस्य सचिव एवम् कोषका वरिष्ठ निर्देशक ज्ञानिन् राई, पुरातत्व विभाग विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, बोर्ड सदस्य गोपीकृष्ण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 September 27, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया