विश्व पर्यटन दिवसका अवसरमा लुम्बिनीमा पर्यटकहरूलाई स्वागत
काठमाडौं । लुम्बिनी विकास कोषले ४४औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम गरेको छ ।
बुधबार बिहान पूर्वसांसद समेत रहेका कोषका उपाध्यक्ष डा. डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले पर्यटकहरूलाई लुम्बिनीमा स्वागत गरेका छन् । डा.लामाले लुम्बिनीको विकास र पर्यटन प्रबर्द्धनका लागि आफूले सबै सहयोग गर्ने बताएका छन् ।
कोषका उपाध्यक्ष डा.लामाले चीन र फ्रान्सबाट आएका पर्यटकहरूलाई मायादेवी मन्दिर प्रवेशद्वारमा स्वागत गरेका थिए ।
लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले संयुक्त रूपमा पर्यटकहरूलाई स्वागत गरेर दिवस मनाएका छन् ।
पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन् राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेको प्रेस नोटमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया