हामी पलायन भएका छैनौँ, नेपाल फैलाएका हौँ : काउन्सिल मेम्बर श्रेष्ठ

काठमाडौं । अमेरिकामा रहेका नेपाली मूलका अमेरिकन नागरिक तथा काउन्सिल मेम्बर रामचन्द्र श्रेष्ठले अमेरिकासहित विश्वभरि रहेका नेपालीहरू पलायन नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतमा अमेरिकामा गरिएको कार्यक्रममा श्रेष्ठले आफूहरू पलायन नभएको भन्दै नेपाललाई फैलाएको बताएका छन् । उनले नेपाली झण्डालाई उठाएर नेपाललाई चिनाउन प्रयास गरेको बताए ।

श्रेष्ठले आफूहरूको पहलमा नेपाली भाषामा ड्राइभिङ लाइसेन्स दिन थालिएको बताए । उनले सिन्धुपाल्चोकमा जन्मिएर अमेरिकामा आएर जनप्रतिनिधिमा निर्वाचित भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालका साथै अमेरिकामा रहेका नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 September 26, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया