उपाध्यक्ष डा.लामाद्वारा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल शुरु
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट, कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेका छन् ।
मंगलबार लुम्बिनीमा बसेको बैठकमा पूर्वसांसद समेत रहेका उपाध्यक्ष डा.लामाले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक पर्ने निर्णय गरेका हुन् ।
प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरूबाट चाहिने आवश्यक सहयोगका लागि पहल गर्ने निर्णय भएको डा.लामाले बताएका छन् ।
तिलौराकोटका लागि साधन, श्रोतको सुनिश्चिता सरलता र मार्ग निर्देशका लागि गठित निर्देशक समितिको संयोजक समेत रहेका उपाध्यक्ष डा.लामाले विशेष निर्णय गरेपछि तिलौराकोट विश्वसम्पदा सूचीमा पर्ने सम्भावना बढेको छ ।
बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयारी गरी अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा.डंकन मार्सलद्वारा तयार गरिएको रणनैतिक मनोनयन दस्तावेजको मस्यौदालाई सेप्टेम्बर ३० भित्र यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गर्ने निर्णय भएको उपाध्यक्ष डा.लामाले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया