उपचारमा समस्या भए चिकित्सकहरूविरुद्ध उजुरी दिन काउन्सिलको आग्रह

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूले स्वास्थ्य उपचार गर्ने क्रममा कुनै लापर्बाही गरेमा निवेदन दिन आग्रह गरेको छ ।

काउन्सिलले मंगलबार सूचना जारी गरी चिकित्सकहरूले स्वास्थ्य उपचार गर्ने क्रममा वा हेलचेक्र्याइँ गरी कुनै घटना भएको भए त्यस बारेमा गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको जानकारी दिएको छ । त्यस्ता घटनाहरूको छानबिन भइरहेको काउन्सिलले जनाएको छ ।

‘विगत केही महिनादेखि देशका विभिन्न स्वास्थ्य संस्था, केन्द्रहरूमा उपचारको लागि आएका बिरामीहरूको स्वास्थ्य उपचार गर्ने सिलसिलामा बिरामीहरूको दु:खद निधन भएको विषयलाई लिएर चिकित्सकहरूमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

उपचारका क्रममा चिकित्सकहरूको लापरबाहीले बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकहरूलाई कुटपिट गर्न थालेपछि काउन्सिलले बल्ल विज्ञप्ति जारी गरेर उजुरी मागेको छ ।

कानमा तेल हालेर बसेको काउन्सिलले उजुरी मागेको छ । उजरीको कार्यान्वयन हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।

Published : Tuesday, 2023 September 26, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया