माधव नेपालद्वारा लुम्बिनीमा मायादेवीको दर्शन, उपाध्यक्ष डा.लामा भावी योजना सुनाए
लुम्बिनी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् ।
अध्यक्ष नेपालले मायादेवी मन्दिरमा दर्शन गर्नुका साथै विभिन्न स्थानको अवलोकन गरेका छन् । नेपाललाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको अवलोकन गराएका हुन् ।
अवलोकनका क्रममा कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष सिद्धिचरण भट्टराई प्रशासकीय अधिकृत ज्ञानिन् राई लगायतले स्वागत गरेका थिए ।
नेपालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुका साथै मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरेका छन् ।
पूर्वअर्थराज्यमन्त्री समेत रहेका उपाध्यक्ष डा.लामाले अध्यक्ष नेपाललाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराएका थिए ।
लुम्बिनीलाई वृहत् क्षेत्रको हिसाबले विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकास गर्न पहल गर्न उपाध्यक्ष डा.लामालाई नेपालले शुभकामनासमेत व्यक्त गरेका छन् ।
लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै डा.लामाले लुम्बिनी लगायत बुद्धसँग सम्बन्धित पुरातात्विक क्षेत्रलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया