भक्तपुरमा पूर्वराजा शाहको भव्य स्वागत, ठूलो संख्यामा सर्वसाधारण उपस्थित

काठमाडौं । भक्तपुरमा पूर्वराजा ज्ञानेन्द्र शाहले तलेजु मन्दिरको दर्शन गरेका छन् ।

मन्दिरमा दर्शन गर्न आइतबार दिउँसो भक्तपुर पुगेका हुन् । भक्तपुरमा पूर्वराजा शाहको सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।

पूर्वराजा शाहको स्वागतका लागि ठूलो संख्यामा मन्दिर परिसरमा स्थानीयहरू उपस्थित भएका थिए ।

स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । परम्परागत पहिरनमा सजिएका थिए ।

Published : Sunday, 2023 September 24, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया