मलंगवामा चौथो दिन पनि कर्फ्यु
काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवा बजारमा अनिश्चितकालीन कर्फ्युलाई चौथो दिन आइतबार पनि निरन्तर रहेको छ ।
धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
विगत चार दिनदेखिको निरन्तरको कर्फ्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ । कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान छ ।
बिहीबार साँझदेखि मलंगवामा यातायात, बजार, पसल, कलकारखाना, सरकारी कार्यालय, होटल, स्कुल कलेज खुलेका छैनन् ।
अनिश्चितकालीन कर्फ्युलाई आइतबार पनि निरन्तरता दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवामा दुई समूहबीच झडप भएपछि थप अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
झडपमा परेर ८ जना घाइते भएका छन् । उनीहरूमध्ये एक जनाको अवस्था गम्भी छ । मलंगवामा नियोजित रुपमा सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोल्न केही समूह लागेको निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ ।
सानो निहुँमा आगजनी र तोडफोड गर्ने, फरक धार्मिक समूहविरुद्ध गाली बेइजती र आक्रमण गर्न उनीहरु परिचालित हुने गरेका छन् ।
केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया