अधिकार प्राप्ति नहुँदा कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी
मसुरिया । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्य रुपमा मनाइएको छ ।
दाङको देउखुरीस्थित मसुरियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा बुधबार विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निर्दिष्ट गरेका अधिकारहरू कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताए ।
उनले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको बताए । यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको मुख्यमन्त्री चौधरीको भनाइ छ ।
संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उनले बताए । उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शीघ्र कार्यान्वयनमा जानुपर्ने बताए ।
‘म आज पनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ‘अधिकार बाँडफाँटमा संकुचित हुनु भएन, जे–जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’
संविधान पूर्ण कार्यान्वयनको लागि संघीयता कार्यान्वयन पूर्ण हुनुपर्ने र त्यो अधिकारमा जोडिएको उनले बताएका छन् ।
संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गरे ।
उनले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसंग आग्रह समेत गरे । संविधान कार्यान्वयन गर्न सबै निकायहरू वीचमा समन्वय र सहकार्य हुनुपर्ने बताए ।
संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई छ ।
‘संविधानमा भएका अधिकारहरू चाँडै प्रदेशले प्राप्त गरोस् । सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याँइ भएको छ’, उनले भने ‘अहिलेको संविधान यस्तो संविधान हो, हामीलाई गाली गर्न छुट छ । यो संविधान मान्दैनौँ भन्नेहरूलाई पनि यो संविधानले छुट दिएको छ ।’
उलने भने, ‘अब विकासमा प्रतिस्पर्धा हुनु पर्छ, तब मात्रै संघीयताको महत्व बुझिन्छ ।’
‘सात वटा प्रदेश मध्य कुन प्रदेश अगाडि भन्नेबारेमा प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने, ‘जनतासँग नजिक हुनको लागि यो संविधानले महत्वपूणर् योग्दान दिएको छ । भाषा र ठाउँलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि महत्वपूणर् छ ।’
झाँकीसहितको उत्सव प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाएको छ । विभिन्न जातजातीका कला संस्कृती प्रदर्शन गरेर दिवस मनाइएको छ । थारु, मगर, अवधी समुदायको कलासंस्कृती प्रस्तुत गरिएको हो । महिलाहरुले पञ्चेबाजा बजाए भने, थारु महिलाहरुले झुमरा नाच प्रस्तुत गरेका छन् ।
अवधि कला संस्कृति अन्तरगत बाजा बजाएर नाच प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाबाट झाँकी प्रस्तुत गरिएको थियो । स्काउट विद्यार्थीले झाँकी प्रस्तुत गरेर दिवसलाई उत्सवमय बनाए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया