मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा असई बस्नेतको मृत्यु

काठमाडौं । उदयपुर जिल्लामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

चौदण्डिगढी नगरपालिका–९ ज्यामिरेकछुवारीस्थित सडकमा ना.४ ख ८१६३ नम्बरको ट्रकले प्र.१–०२–०५१प ६४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी सहायक निरीक्षक ४५ वर्षीय श्रीकुमार बस्नेतको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

बस्नेत प्रहरी चौकी रामपुरझिल्के, उदयपुरमा दरबन्दी भई प्रहरी चौकीभागलपुर उदयपुरमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा युनिट ईन्चार्जहरूको मिटिङमा सहभागी भई चौकीतर्फ फर्कने क्रममा दुर्घटनमा परी उनको घटनास्थलमै मृत्यु भएको छ ।

Published : Thursday, 2023 September 14, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया