लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय

मसुरिया । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

मंगलबार देउखुरीको मसुरियास्थित प्रदेश मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मंगलबार मध्यराति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिएका छन् ।

लुम्बिनी सरकारले संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सभा सचिवालयको पनि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

प्रदेश लोकसेवा आयोगको कार्यालय राजधानी क्षेत्रमा स्थापना गर्न भवनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

लुम्बिनी सरकारले बर्दिया जिल्लामा बाढीबाट बेपत्ता भएकाका परिवारलाई राहत उपलब्ध गराउने, बाघ आक्रमणमा परेर मृत्यु भएका परिवारलाई एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बाँकेमा भएको बस दुर्घटनामा परेर घाइते भएकाहरूको उपचारको लागि सहयोग उपलब्ध गराउनेसमेत सरकारले निर्णय गरेको छ ।

Published : Tuesday, 2023 September 12, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया