कांग्रेस नेताहरूमाथि प्रहरीबाट भएको दुर्व्यवहारको सह-महामन्त्री उपाध्यायद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रूपान्तरण भएको बताएकी छिन् ।

आइतबार ११०औं वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा वीपीको योगदान अतुलनीय रहेको तथा उनकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गरिन् ।

उनले मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको बताएकी छिन् ।

‘विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ’, उनले भनिन्, ‘हामीले देखेको/भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता वीपीकै उत्कृष्ट विचारको परिणाम हो ।’

वीपीको विचारलाई अनुसरण गर्न भविष्यमा पनि उत्तिकै सान्दर्भिक हुने उनले बताइन् । वीपीका विचार र व्यवहारका प्रभाव युगौं युगसम्म रहने उल्लेख गर्दै उपाध्यायले पार्टीले वीपीका विचार र सिद्धान्तलाई भुल्न नहुने बताइन् ।

पार्टीका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका साथै कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाममाथि प्रहरीद्वारा भएको दुर्व्यवहारप्रति सह–महामन्त्री उपाध्यायले गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा राउत मिश्र, सांसद् लीलादेवी बोखिम, कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Published : Monday, 2023 September 11, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया