दुई पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न सडक आन्दोलन, ज्ञानबहादुरले दिए दाहाललाई चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाहीले बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पक्राउ गर्न माग गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले दुई प्रधानमन्त्री नेपाल र भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुने चेतावनी दिएका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए ।
शाहीले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन् ।
आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा आफूहरूले देखाउने राप्रपाका प्रवक्ता शाहीले बताएका छन् । राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट रहेको शाहीले बताएका छन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छ, अब तपाइका आन्दोलन गर्ने दिन गए’, शाहीले भने, ‘जनताले प्रधानमन्त्री बनाएका हुन् । जनताको काम गरौँ ।’
उनले भने, ‘जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर थचक्क लाएर घरमा बसौँ । होइन भने ज्यादा फुरफुर नगरौँ ।’
‘आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौँ । राष्ट्रवादी शक्तिले देखाउँछौँ’, शाहीले भने, ‘राष्ट्रियता, धर्म निरपेक्षताको विरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ ।’
‘बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुन्छ’, प्रवक्ता शाहीले चेतावनी दिएका छन् ।
‘त्यसको सुरुवात भदौ २७ गतेबाट सुरु हुन्छ । यो प्रधानमन्त्रीलाई खुला चुनौती हो’, उनले भने ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया