निर्देशक डा.पौडेलद्वारा वीपी क्यान्सर अस्पतालको तलब खाएर निजीको सेवा, बिचौलियाको काम

भरतपुर । चितवनमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले विवादित कार्य गरेर सबैलाई चकित तुल्याइदिएका छन् ।

डा.पौडेलले निजी क्षेत्रको चितवन मेडिकल कलेजको भगिनी संस्था सीएमसी क्यान्सर इन्स्टिच्युटले शुरु गरेको मेडिकल अन्कोलोजी विभागको सार्वजनिक कार्यक्रमका बीच उद्घाटन गरेर डा.पौडेल आलोचित बनेका हुन् । सरकारी अस्पतालको कार्यकारी निर्देशक भएर निजी क्षेत्रको उस्तै प्रकृतिको अस्पतालको उद्घाटन गर्न गएपछि विरोध भएको छ । सीएमसीमा डा.पौडेलको अदृष्य लगानी रहेको आरोप पनि छ ।

डा.पौडेल सरकारी अस्पताल बनाउनेभन्दा पनि निजी अस्पताललाई प्रश्रय दिन सक्रिय बनेको आरोप लागेको छ । डा.पौडेलले लामो समयको विवाद र चाकडीपछि वीपी कोइराला मेमोरियाल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हत्याएका थिए ।

डा.पौडेलले अब सरकारी अस्पताल ध्वस्त पार्ने गरि निजीस्तरको अर्को क्यान्सर उपचार केन्द्रको उद्घाटन गरेका छन् । तलब, भत्ता, सेवा, सुविधा सरकारी अस्पतालबाट खाएर उस्तै प्रकृतिको अर्को निजी अस्पतालको उद्घाटन गर्न डा.पौडेल हिँडेपछि उदेश्यबारे सबैले राम्रोसँग जानकारी पाएका छन् ।

क्यान्सर अस्पतालमा आएका बिरामीलाई डा.पौडेलले निजी अस्पतालहरूमा पठाउने बिचौलियाको रुपमा काम गरेको आरोप विगतमा लाग्दै आएको छ ।

डा.पौडेल विभिन्न नयाँ उपकरण ल्याउने र कमिशन खाने चक्करमा लागेको कर्मचारीहरूले आरोप लगाएका छन् ।

अस्पतालको सेवामा गुणस्तरीयता दिन लाग्नुपर्ने समयमा डा.पौडेलले निजी अस्पतालहरूप्रति चासो र चिन्ता देखाएका छन् ।

समान सेवा दिन खुलेको अर्को निजी अस्पताल चितवन मेडिकल कलेजको अन्कोलोजी विभाग उद्घाटन गर्न पुगेका डा.पौडेलले सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएका छन् वा छैनन् केही भनिएको छैन ।

Published : Sunday, 2023 September 10, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया