भुजहवाबाट २० लाखसहित दुई जना पक्राउ

काठमाडौं । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–२ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन कुजडा रहेको प्रहरीले जनाएको छ ।

भुजहवा पुलनजिकै नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर चेकजाँच गर्दा उनीहरूका साथबाट रकम बरामद भएको हो ।

बरामद रकमको स्रोत खुलाउन नसकेका दुवैलाई नियन्त्रणमा लिइएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताएका छन् ।

बरामद रकममा १ हजार दरका १ हजार १ सय ९० थान नोट र ५ सय रुपियाँका १ हजार ६ सय २० थान नोट बरामद भएको छ ।

दुवैलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2023 September 10, 12:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया