विदेशी डलरले चलेका दुई एनजिओले डीएसपीलाई गम्भीर आरोप लगाए, कसले दियो अधिकार ?
काठमाडौं । विदेशी हरियो डलर ल्याएर गतिविधि गर्दै आएका दुई संस्थाले प्रहरीमाथि लाञ्छना लगाएका छन् ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नाम दुई एनजिओले प्रहरीलाई महिलालाई यौन हिंसा गरेको आरोप लगाएको छ । प्रहरीले गल्ती गरेको छभने अनुसन्धान गर्ने राज्यका निकाय छन् । विदेशी डलर खाएर चलेका संस्थालाई प्रहरीमाथ गम्भीर आरोप लगाउने अधिकार कसले दियो प्रश्न उठेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार रायले हिरासतमा रहेकी महिलालाई यौन हिंसा गरेको पुष्टि हुने आधार फेला परेको आरोप लगाएको छ । प्रहरीलाई यौन हिंसा जस्तो गम्भीर आरोप लगाउने यी दुई एनजिओको हर्कतले सबै चकित परेका छन् ।
ओरेकको निमित्त कार्यकारी निर्देशक सुनिता मैनालीद्वारा जारी विज्ञप्तिमा डीएसपी रायलाई महिला हिंसाको गम्भीर आरोप लगाइएको छ । यो संस्था न्यायिक संस्था हो र ? यस्तो आरोप लगाएको छ ।
यी दुई एनजिओले हिरासतमा रहेकी महिलालाई बयानका लागि राति डीएसपी रायले बोलाएको प्रहरी अधिकारी र पीडित महिलाले बताएको आक्षेप लगाएको छ ।
कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी ३५ वर्षीय महिलालाई गत चैत ६ गते राति ११:३० देखि १२ बजे सोही कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रायले बयानका लागि आफ्नो कार्यकक्षमा बोलाएर दुई पटक बलात्कार गरेको पीडित महिलाले बताएको विज्ञप्तिमा उल्लेख छ ।
चैत ४ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएकी महिलाविरुद्ध चैत १४ गतेमात्र प्रहरी प्रतिवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र चैत २० गते महिलाका जेठाजुको उजुरी समेतको आधारमा ज्यान सम्बन्धी कसूरको अभियोगका कारबाही प्रक्रिया अघि बढाएको देखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ओरेककी अध्यक्ष डा.रेणु अधिकारीले थुनामा राखेको महिलालाई सोधपुछ गर्न महिला प्रहरी नै हुनुपर्ने बताइन् । साथै घटनाको निष्पक्ष छानबिनको सुनिश्चितताका लागि सबै मानव अधिकार रक्षकहरु चनाखो हुनुपर्ने उनको भनाइ छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकार उल्लंघनका यस्ता घटनामा सबै मानव अधिकारकर्मीहरू एकजुट हुनुपर्ने बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया