चिनियाँ राजदूतको विवादित अभिव्यक्ति र चीनको विरोध गरेका कांग्रेस नेता यादवलाई खुकुरी प्रहार
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।
रिपोर्टर्स क्लव नेपालमा बुधबार आयोजित साक्षत्कारमा उनले भने, ‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ ।’
‘यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ?’, यादवले भने, ‘कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’
उनले भने, ‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ । चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन् ।’
‘उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन हो । नेपालीहरूलाई उहाँले अपमानित गर्नुभएको छ’, सह–महामन्त्री यादवले भने ।
उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदूतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताए । उनले भने, ‘विद्युतको कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौं । भारतसँग भने १७ अर्ब विजुली किनेका छौं । नेपालमा लोडसेडिंग भएको बेला भारतले सहयोग गरेको हो ।’
‘भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सीमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन्’, उनले भने, ‘यही भएर विशेषखालको समबन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन् ।’
उनले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाए । ‘उहाँले जुनखालको अभिव्यक्ति दिनुभयो, यो गलत हो । यो अविलम्ब रोकेर आईन्दा त्यस्तो काम नगर्न अनुरोध गर्दछु ।’–उनले भने । यादवले राजदूत सोङको उक्त अभिव्यक्तिबारे नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए ।
उनले भने, ‘परराष्ट्र मन्त्रायलले यो मामलिामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ । जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन । चिनियाँ राजदूत हाम्रो हेडमास्टर होइन । उहाँले हामीलाई पढाउने होइन । सिकाउने होइन ।’
नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरूलाई कुटनीतिक मामिलामा सिकाउने स्वीकार्य नभएको उनको भनाइ छ ।
उनले भने, ‘कुटनीति हामीलाई पनि थाहा छ । चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ । हामीले चीनलाई केरुङ–काठमाडौं रेलमार्ग बनाइदेउ भनेका छौं । भएको छ त ? हामीले त अनुदान र फ्रि मा बनाउन भनेका छौं । पोखराको एयरपोर्ट चाहिने लागतभन्दा दुई गुणा बढिमा निर्माण भएको छ ।’
‘अहिले त्यसको प्रयोग नै भएको छैन् । त्यसको पनि ऋण थपिएको थपिएै छ । ब्याज बुझाउन सकेका छैनौं’, उनले भने ।
उनले चीनले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको चुच्चे नक्शालाई नराखेकोमा पनि आपत्ति जनाए । उनले भने, ‘चीनले आफ्नो नक्शा जारी गर्यो, अरु देशको जमिन राखेर बनाउने होइन । हाम्रो चुच्चे नक्शा छ । संसदले पास गरेको छ । अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्शा राखेन ।’
‘चीनसँगका हाम्रा नाकाहरू कोभिडकै बेलामा बन्द भए । हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौं । भारतबाट राहत पायौं । हामीलाई परेको बेलामा भारतबाट सहयोग भैरहेको छ’, उनले भने ।
‘अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस । पढाउने कोशिस नगर्नुहोस । सरकारले स्पष्टीकरण सोध्नुपर्छ । लिनुपर्छ’, उनले भने ।
नेता यादवलाई खुकुर प्रहार गर्ने व्यक्ति श्याम सापकोटाले एमसीसीको विरोध गरेका थिए । चीनले पनि एमसीसीको विरोध गर्दै आएको छ । एमसीसीको विरोध गर्न करोडौं रुपियाँ खर्च गरेर चीनले मानिसहरू परिचालन गरेको छ । यहि बेला कांग्रेसका सह–महमन्त्री यादवमाथि सांघातिक आक्रमण भएको छ ।
यादवले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुशी व्यक्त गरेका छन् । सरकारले आफ्नो मान्छे बचाउने र अरुलाई प्रतिशोध साँध्ने काम गरेको उनको आरोप थियो ।
उनले भने, ‘सबैले भ्रष्टाचार नहोस भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरुको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’
कांग्रेस नेता यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाण निर्दोष रहेको बताए । उनले भने, ‘खासमा निर्दोष बालकृष्ण खाणलाई फसाईएको छ । दोष केही पनि छैन् । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् ।’
‘भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन्’, उनले भनेका छन् । यादवले खाण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको बताएका छन् । उनले भने, ‘बालकृष्ण खाणमाथि कुनै जोहरी छैन् । कसैले पनि पैसा लिएको भनेर भनेको छैन् । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन् । खाणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन् ।’
यादवले बालकृष्ण खाणको पालामा एक जना पनि नक्कली वा भुटानी शरणार्थी नेपालबाट अमेरिका नगएको बताएका छन् ।
उनले भने, ‘भुटानी शरणार्थीको सेटेलमेन्टको कुरा बरु बादल गृहमन्त्री भएकै बेलामा । क्याविनेटभित्रै एउटा समितिमा बादल, युवराज खतिवडा अर्थमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । २०१६ पछि जान नमानेका भुटानी शरणार्थीहरूको लागि के गर्ने भनेर बरु हस्ताक्षर गरेका थिए ।’
‘ती अहिले पनि बाहिर छन् । जसको सिग्नेचर छैन्, उ जेलभित्र छ । आज न भोलि अदालतले बालकृष्ण खाणलाई न्याय दिन्छ । सबैले भनेका छन् कि उहाँ निर्दोष हो । उहाँ निर्दोष सावित भएर बाहिर आउने मेरो विश्वास छ’, उनले भने ।
यादवले तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका छन् । उनले भने, ‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष नै जान्छ । पाँच वर्षसम्म योे गठबन्धन रहन्छ । प्रचण्डजी पछि अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ र त्यसपछि देउवाले नेतृत्व लिएर चुनाव गराउनुहुन्छ । यो गठबन्धन कायम रहन्छ । कांग्रेसले अरुसँग गएर सरकार बनाउँदैन् ।’
उनले कांग्रेसले गृहमन्त्री हटाउने एजेण्डा बनाएकै दिन गृहमन्त्री परिवर्तन हुने बताएका छन् । अहिले गृहमन्त्री हटाउनेबारे आफूहरूले कुनै इस्यु वा एजेण्डा नबनाएको उनले बताएका छन् ।
उनले भने, ‘गृहमन्त्री परिवर्तनको इस्यु हामीले राखेको दिन परिवर्तन हुन्छ । हामीले भनेको दिन गृहमन्त्री परिवर्तन हुन्छ । तर, उहाँले निश्पक्ष भएर काम गर्नुपर्छ । उहाँले कांग्रेसलाई पेल्ने शैली बदल्नुपर्छ ।’
नेता यादवले अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बढिभन्दा बढि काम गर्नुपर्ने बताएका छन् । उनले भने, ‘जनताले कांग्रेसलाई एक पटक एकल बहुमत दिनुपर्छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया