कांग्रेसका सह–महामन्त्री यादवमाथि खुकुरी प्रहार, श्याम पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा यादवमाथि नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताए ।

साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको छ ।

सह–महामन्त्री यादवलाई उपचारका लागि अस्पताल लगिएको छ । यादवलाई अहिले ट्रमा सेन्टरमा पुर्‍याइएको छ ।

उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यादवमाथि खुकुरी प्रहारको कारण खुलेको छैन । प्रहरीले सो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

Published : Wednesday, 2023 September 6, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया