धार्मिक विषयमा हामी सांसद र नेता संयम बनेर बोलौँ : कांग्रेस नेतृ प्रसाइँ
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाइँले धार्मिक विषयमा नेता र राजनीतिक दलहरू संयम हुनुपर्ने बताएकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा सांसद प्रसाइँले सामाजिक र धार्मिक सदभाव भडकिने खालका अभिव्यक्ति नदिन सांसदहरूसँग आग्रह गरेकी छिन् । उनले भारतको मणिपुरमा भएको घटनाको उदाहरण दिँदै धरानमा भएको घटनाप्रति चिन्ता जनाएकी छिन् ।
उनले भनिन्, ‘धार्मिक स्वतन्त्रताको कुरा, धार्मिक निरपेक्षताको कुरा उठ्यो । अधिकार हुन्छ । संविधानमा अधिकार लेखेको छ । सदभाव भडकिने खालको काम नगरे राम्रो हुन्छ । हामीले दुई/चार महिना अगाडि हेर्यौँ जातीय दंगाले गर्दा कति ठूलो लडाइँ भएको छ ।’
‘स्वतन्त्र मुलुकमा सबै स्वतन्त्र रहन पाइन्छ । धर्म मान्न पाइन्छ । सबैले संयम र धैर्य बनेर जानुपर्छ । होइन भने यो मुलुक कता जान्छ ? धेरै मान्ने धर्म मान्ने छौँ’, प्रसाइँले भनिन्, ‘हामी सांसदले मुलुकलाई एकता बनाएर मुलुकलाई संयमतारित लैजानुपर्छ ।’
उनले भनेकी छिन्, ‘वीपी कोइरालाले धार्मिक द्वन्द्व नहोस् भन्नुभएको थियो । जातीय दंगा र धार्मिक द्वन्द्व भनेको धेरै सजिलो कुरा होइन । सांसद जस्तो मान्छेले धेरै संयम बनेर बोल्नुपर्छ । धरानमा कस्तो घटना भयो ? भारतको मणिपुरमा कस्तो दंगा भयो ।’
उनले भनेकी छिन्, ‘जता गयो त्यतै समस्या, जता गयो उतै अफ्ठ्यारो । अख्तियारले काम सुरु गर्छ । एक ठाउँ लैजान्छ त्यसपछि ठक्रक्कै रुक्छ । अर्को ठाउँले कारबाही सुरु गर्छ, जहाँ जान्छ त्यहिँ रोकिन्छ ।’
‘जनताले सरकार र संसद दुबैलाई विश्वास नगर्ने अवस्थामा छन् । यो सबैभन्दा डरलाग्दो स्थिति हो’, प्रसाइाले भनेकी छिन्, ‘जनताले जब सरकार र संसदलाई विश्वास गर्न छोड्छन् तब देश कतातिर जान थाल्छ ?’
कांग्रेस सांसद प्रसाइँले भनिन्, ‘मुलुकमा सुशासन चलाउने भनेको सबैभन्दा ठूलो कार्यालय प्रधानमन्त्री कार्यालय हो । प्रधानमन्त्री कार्यालयमा जाँदा नै सचिवहरूले आफूलाई अन्याय गरेको ठान्छन् ।’
‘मुलुक कसरी चलेको रहेछ त्यहिँबाट प्रष्ट हुँदैन ? प्रधानमन्त्री भनेको मुलुकको अभिभावक हो । मुलुक चलाउने ठाउँमा सचिव निरास भएर कारबाही गरेको ठान्छ भने के रहेछ अवस्था ?’, उनले भनेकी छिन् ।
‘मुलुकका लागि कानून बनाउनुपर्छ । राम्रा कुरा लिएर कानून बनाउनुपर्छ । धेरै ऐन आएका छैनन् । आएपछि राम्रोसँग छलफल गरेर विधेयकलाई संसदमा लैजानुपर्छ’, उनले भनिन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’का अराजक अभिव्यक्ति र गतिविधिको सांसद प्रसाइँले आलोचना गरेकी छिन् ।
‘यही मुटुको मेयरले सिंहदरबार आगो लगाइदिन्छु भन्दा सरकारतिर समर्थन छैन । उतैतिर समर्थन छ’, उनले भनिन्, ‘कतातिर जाँदैछ त मुलुक ? राज्य चलाउने, मुलुक बनाउने र कानून बनाउने कुरामा बुझेर सबैलाई एक ठाउँ राखेर अगाडि बढ्दा राम्रो हुन्छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया