न्याय परिषदका पौने दुई सय कर्मचारीको सरुवा, को कहा पुग्ने ?
काठमाडौं । न्याय परिषदले १ सय ७१ जना कर्मचारीको सरुवा गरेको छ ।
मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले सरकारका तीन सचिवसहित परिषदका कर्मचारीको सरुवा गरेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ ।
नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानून आयोगमा सरुवा भएको छ ।
न्याय सेवामा कार्यरत १२ जना सह–सचिव, १५६ जना उप–सचिवको पनि सरुवा भएको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सह–सचिव फणिन्द्र गौतमलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा बढुवा गरिएको छ ।
















बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया