मान्छे हत्या गरेको अभियोगमा मधेश प्रदेशका सांसद पक्राउ
काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘२’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ ।
जिल्ला, उच्च र सर्वोच्च तीन तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको छ ।
सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया