चीनसँग व्यापार घाटा कम गराउने विषयमा कुरा हुन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल हुने बताएका छन् ।

सोमबार सोलखुम्बुमा पत्रकार सम्मेलन गरेर साउदले व्यापार घाटा कम गर्न निर्यात बढाउन सकिने वस्तुका विषयमा छलफल हुने बताए ।

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आएका बेला प्रतिवद्धता गरेका अनुदानका राशिहरूको लागि योजना छुट्याउने गृहकार्यमा गरिरहेको साउदले बताएका छन् ।

भ्रमणमा नेपाल–चीन नाकालाई सहज बनाउने विषयमा पनि छलफल हुने उनले बताए । मन्त्री साउदले भने, ‘सिजनल नाकाहरुलाई पनि सहज बनाएर सीमा क्षेत्रको जीवन उपयोगी बनाउन चाहन्छौं ।’

प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत् आयोजना, प्रसारण लाइन, कृषि क्षेत्र, सडक पूर्वाधार लगायतमा नेपालका छलफलका एजेण्डा भएको परराष्ट्रमन्त्री साउदले बताएका छन् ।

Published : Monday, 2023 September 4, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया