काठमाडौंमा ठूलो दुर्घटना, दुई जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । काठमाडौंमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा बा.३ ख ४८४८ नम्बरको बस र बा.६ च ५३४२ नम्बरको बलेरो गाडी एकआपसमा ठोक्किएर बा.प्र ०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सर्लाहीको शान्ति टोल बस्ने २१ वर्षीय राज भट्टराई र स्कुटरमा सवार दोलखाको बैदेश्वर गाउँपालिका–२ घर भएकी २५ वर्षीया उषा थापा रहेका छन् ।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये ८ जनालाई मदल्यान्ड अस्पताल पेप्सिकोला र ६ जनालाई सिभिल अस्पताल नयाँ बानेश्वर लगिएकोमा उपचारको क्रममा उनीहरू दुई जनाको मृत्यु भएको हो ।

अन्य १२ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2023 September 3, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया