पहिचान नखुलेका शव र हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट सञ्चालन
काठमाडौं । नेपाली प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट udb.nepalpolice.gov.np सञ्चालनमा ल्याएको छ ।
आइतबार हेडक्वाटर नक्सालमा आयोजित कार्यक्रममा हराएका र बेपत्ता भएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट सार्वजनिक गरिएको छ ।
वेवसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्ने प्रहरीको उदेश्य छ । सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास प्रहरीले लिएको छ ।
नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भीक रूपमा शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्ने प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया