सभापति देउवाद्वारा उप–प्रधानमन्त्री खड्कालाई स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उप–सभापति एवम् उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाका बारे जानकारी लिएका छन् ।

शनिबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा पुगेर सभापति देउवाले खड्काको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । देउवाले उप–सभापति खड्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।

उप–प्रधानमन्त्री खड्काको शल्यक्रिया भएको छ । उनको स्वास्थ्य अवस्थामा निकै सुधार भएको चिकित्सकहरूले बताएका छन् ।

Published : Saturday, 2023 September 2, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया