वाम विश्लेषक खनालले गरे प्रचण्ड सरकार ढल्ने समयको भविष्यवाणी, बालुवाटारमा भतभती पोल्न थाल्यो
काठमाडौं । वामपन्थी विश्लेषक मुमाराम खनालले बर्खा सकिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने भविष्यवाणी गरेका छन् ।
प्रधानमन्त्री दाहालले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको भिडियो ट्वीटरमार्फत सेयर गर्दै खनालले सरकारको आयुका विषयमा टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘केही होइन, बर्खा सकिएपछि यिनको सरकार पनि सकिने भएकोले यस्तो बोलेका हुन् । मान्छे बाठै छन् ।’
यसअघि बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री दाहालले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका थियो । दाहालको यो अभिव्यक्तिलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् । दाहालका आलोचकहरूले असोज महिनाको अन्त्यतिर गठबन्धनको सरकार ढल्ने दाबी पनि गरेका छन् । कसैकसैले यो सरकारलाई केही पनि नहुने बताउने गरेका छन् ।
दाहालले राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने चेतावनी दिएका छन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहालले यो भनाइ किन दिए ? कतै सरकार ढल्ने र माआवादी सडकमा पुग्ने त होइन ? त्यही कुरा बुझेर दाहालले सडकमा जनतालाई उतारेर जग हल्लाउने बताएका त होइनन् ?
दाहालले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ ।’
‘जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो’, प्रधानमन्त्री दाहालले भनेका मछन् । प्रधानमन्त्री दाहालले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको बताएका छन् ।
‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ । राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन्’, उनले भने, ‘मलाई सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन म ।’
भ्रष्टाचारविरुद्धको कारबाहीमा कांग्रेस, एमालेलाई लक्षित गरेको र माओवादीलाई जोगाएको भन्ने आरोपमा सत्यता नरहेको दाहालले बताएका छन् ।
उनले भने, ‘आफ्नालाई बचाउँछ, एमाले र कांग्रेसका नेतालाई मात्रै थुन्छ भन्ने आरोप ममाथि लगाइयो । त्यो सत्य हैन, मैले त अनुसन्धान गर्दै जाँदा माओवादी त परको कुरा म आफैं स्वयं प्रचण्ड नै मुछिए पनि नछोड्न सीआईबीलाई निर्देशन दिएको छु ।’
सुन तस्करी काण्डमा माओवादीका उपाध्यक्ष समेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा मुछिएका छन् । महराका विषयमा सीआईबीले प्रतिवेदन नै बनाएको छ । सीआईबीले महरालाई छोएको छैन ।
प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पूर्वाग्रही भएर सुन तस्करी काण्डमा महरालाई बचाएका आरोप छ ।
नेपाली कांग्रेस र एमालेका नेताहरूलाई कसैले बयानमा नाम मुछेकै भरमा पक्राउ गरेर बदनाम गरेको तथा माओवादीका नेताहरू मुछिदा कुनै कारबाही नगरेको भनेर पूर्वाग्रहीको आरोप लागेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया