यी डीएसपीहरूको सरुवा, आकर्षक ठाउँमा को को परे ?
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा नेपाल प्रहरीका १२० जना नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ ।
शुक्रबार प्रहरी मुख्यालयले डीएसपीहरूको सरुवा गरेको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयले राम्रा ठाउँहरूमा आफू निकटका डीएसपीहरूको सरुवा गरेको छ ।
अंगुर जिसीलाई प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । महाराजगञ्ज प्रहरी वृत्तमा अमरबहादुर थापा क्षेत्रीको सरुवा भएको छ ।
अर्जुन केसीलाई जिल्ला प्रहरी कार्यालय कालीकोट, ईन्द्रप्रसाद सुवेदीलाई प्रहरी वृत्त मालिगाउँ, ईश्वर थापालाई जिप्रका प्यूठान, कविन्द्रसिंह बोहरालाई जिप्रका बाजुरा, कुमारबिक्रम थापालाई जिप्रका पर्सा, केशवकुमार थेबेलाई प्रहरी वृत्त गौशाला, खुमलाल भुसाललाई जिप्रका पर्वत, गोविन्द थापालाई प्रहरी वृत्त दरबारमार्ग, घनश्याम श्रेष्ठलाई जिप्रका संखुवासभा, चर्तुभुज ओझालाई प्रहरी वृत्त लैनचौरमा सरुवा गरिएको छ ।
दीपक गिरीलाई जिप्रका बैतडी, दीप्ती कार्कीलाई प्रहरी वृत्त जगाती, नवीन कार्कीलाई जिप्रका सल्यान, निशान्त श्रीवास्तवलाई जिप्रका डोटी, पुरुषोत्तम खड्कालाई जिप्रका खोटाङ, पूर्णिमाकुमार चन्दलाई प्रहरी वृत्त स्वयम्भुमा सरुवा गरिएको छ ।









बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया