सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटघाट भएको रास्वपाले जनाएको छ ।

रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानुपर्ने विषय सभापति लामिछानेले राखेको रास्वपाले जनाएको छ ।

रास्वपाका महामन्त्री मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र सांसद मनीष झालगायतको भेटवार्तामा उपस्थिति रहेको थियो ।

Published : Friday, 2023 September 1, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया