योगेन्द्र चौधरी कांग्रेसको थारु विभागको प्रमुखमा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई मनोनयन गरेका छन् ।
कांग्रेसद्वारा शुक्रबार साँझ जारी भएको विज्ञप्तिअनुसार सभापति देउवाले चौधरीलाई थारु विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य चौधरीलाई केन्द्रीय विभाग अर्थात थारु विभागको प्रमुखमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वसांसद समेत रहेका नेता चौधरी दाङ जिल्ला निवासी हुन् ।
Published : Friday, 2023 September 1, 9:57 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया