सभापति देउवाद्वारा १५ विभागको संयोजकहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ वटा विभागका संयोजकहरू मनोनयन गरेका छन् ।

शुक्रबार साँझ जारी भएको विज्ञप्तिअनुसार सभापति देउवाले विभागका संयोजकहरू मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभाग, पुष्पा भुसाललाई महिला विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग, किरण यादवलाई तराई—मधेश समन्वय विभागको संयोजकमा मनोनयन गरिएको छ ।

योगेन्द्र चौधरीलाई थारु विभाग, गेहेन्द्र गिरीाई जेष्ठ नागरिक समन्वय विभाग, आङ्गेलु शेर्पालाई पर्यटन विभागको संयोजकमा मनोनयन गरिएको छ ।

डा.रणबहादुर रावललाई गैर सरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग, प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग, रंगमती शाहीलाई पिछडिएको क्षेत्र विभागको संयोजकमा मनोनयन गरिएको छ ।

गुरु बराललाई आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग र सीता थपलिया ‘उर्मिला’लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको संयोजकमा मनोनयन गरिएको छ ।

Published : Friday, 2023 September 1, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया