अधिवक्ताको रिट खारेज, केसीलाई थुनामा राख्न अनुमति

काठमाडौं । सर्वोच्च अदालतले अधिवक्ता भोजबहादुर केसीलाई थुनामा राख्न आदेश दिएको छ ।

बलात्कारको कसूरमा प्रहरी निगरानीमा रहेका अधिवक्ता केसीलाई थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार केसीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि केसीलाई थुनामा राख्ने बाटो खुला भएको छ ।

बलात्कारको कसूरमा केसीमाथि प्रहरी वृत्त थानकोटले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । केसीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेपछि केसी बहोस् भई ढलेका थिए ।

प्रहरीले पक्राउ गर्न नपाउँदै केसी बेहोस भएपछि उपचारका लागि मनमोहन मुटुरोग अस्पताल लगिएको थियो ।

अस्पतालमा रहेको समयमा केसीले आफ्ना सहयोगी शरन मिजारमार्फत् सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

आफूलाई पक्राउ पुर्जी पनि नदिई नियन्त्रणमा राखिएको भन्दै केसीले रिट दायर गरेपछि तत्कालीन कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ ३ गते कारण देखाऊ र बन्दीसहित उपस्थित हुने आदेश दिएका थिए ।

Published : Friday, 2023 September 1, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया