बिगतमा एमालेले गरेको अव्यवहारिक निर्णय माओवादीले ल्यायो

काठमाडौं । माओवादी केन्द्रले जुम्लामा आफ्ना कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको छ ।

जुम्लामा ३ महिने पार्टी रुपान्तरण अभियानमा माओवादीले नेता तथा कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम घर घरमा माओवादी जनजनमा माओवादी भन्ने नारासहित ३ महिने पार्टी रुपान्तरण अभियानको क्रममा गरिएको छ ।

माओवादी जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रुपमा प्रस्तुत गर्न मदिरा सेवनमा रोक लगाइएको बताए ।

उनले सो अभियान पूरा गर्न मदिरा, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार, कमिशन नगर्न र नगराउन एक विशेष संकल्प प्रस्ताव पारित गरिएको बताए ।

विगतमा एमालेले आफ्ना कार्यकर्तालाई मदिरा र धुम्रपान गर्न रोक लगाएको थियो । व्यवहारिक नभएपछि एमालेले ती प्रतिबन्धहरू खारेज गरेको थियो ।

Published : Friday, 2023 September 1, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया