मन्त्री बस्नेतद्वारा जुम्लामा डायलाइसिस सेवा नि:शुल्क सुरुवात, दुर्गमका जनताले सेवा पाउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलाइसिस सेवा नि:शुल्क शुरु गराएका छन् ।
मिर्गौला रोगीलाई केन्द्रित गर्दै मन्त्री बस्नेतले बिहीबार औपचारिक रूपमा उद्घाटन गरेपछि डायलाइसिस सेवा सुरु गरिएको छ ।
मन्त्री बस्नेतले पछिल्लो समय अस्वस्थ खानपानले मिर्गौला रोगी बढ्दै गएको बताएका छन् । उनले नागरिकले खानपानमा पनि ध्यान दिनुपर्ने वेला भएको बताएका छन् ।
कर्णाली क्षेत्रका मिर्गौला रोगका बिरामीले डायलाइसिस सेवा पाउने भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई थप उचाइँमा पुर्याउन नयाँ अत्याधुनिक सेवा थप गर्दै गरेको उप–कुलपति डा.मंगल रावलले बताएका छन् ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले डायलाइसिसको मेसिन जडान गरेर औपचारिक रूपमा सेवा सञ्चालन भएको बताएका छन् ।
यसअघि सुर्खेत, नेपालगन्ज र काठमाडौंका सुविधासम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरूले डायलाइसिस सेवा लिइरहेका थिए । उनीहरूले अब घरपायक सेवा पाउने भएका छन् ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिइएको छ । जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ ।
बिरामीको चापअनुसार मेसिनहरू जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटिस्क्यान, एक्स–रे, डायलाइसिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोगसम्बन्धी सेवा दिइरहेको छ ।
माथिल्लो कर्णालीको जुम्लामा डायलाइसिस सेवाले मिर्गौला रोगीले अब काठमाडौं, सुर्खेत र नेपालगन्ज धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया