सभापति देउवाद्वारा जनै पूर्णिमा र गाइजात्रा पर्वको शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनै पूर्णिमा र गाइजात्रा पर्वको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरेर सभापति देउवाले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातीका आ-आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरू छन् ।’

‘यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ’, देउवाले भने, ‘नेपालीहरूको मौलिक सांस्कृतिक पर्वहरू जनै पूर्णिमा र गाइजात्रा पर्व पनि महत्वपूर्ण पर्वहरू हुन् ।’

सभापति देउवाले भने, ‘लोकतन्त्रमा मात्र सबै जात-जाति, सबै भाषा-भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् ।’
‘सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरूका लागि पनि यस्ता पर्वहरूलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी हो’, उनले भने ।

‘जनै पूर्णिमा र गाइजात्राका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Thursday, 2023 August 31, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया