पूर्वपश्चिम महेन्द्र राजमार्गको दुरदशाबाट जनताले पाएको दु:खबारे सांसद चौधरीले आवाज उठाए

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले पूर्वपश्चिम महेन्द्र राजमार्गको दुरदशा र जनताले भोग्नु परेको समस्याका बारेमा जबरजस्त आवाज उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्डलाई उदाहरणका रुपमा हेर्न र जनताले पाएको दु:खका बारेमा ध्यान दिन आग्रह गरेका छन् । उनले कर्णालीको चिसापानीदेखि महेन्द्रनगरसम्म १२४ किलोमिटरको सडकखण्ड सडक डिभिजन कार्यालय महेन्द्रनगरले हेरे पनि सडक भत्किएर समस्यापूर्ण रहेको बताए ।

उनले महेन्द्रनगरदेखि अत्तरियासम्मको ४४ किलो मिटर सडकमा जहाज पनि अवरतण गर्न सक्ने गरेर बनाएको भन्दै अत्तरियादेखि पूर्वतर्फ ८० किलोमिटर सडकमा स्तरोन्नति गर्नुपर्ने बताए । उनले यो सडकमा ट्याक्टर पनि हिँड्न नसक्ने अवस्थामा रहेको बताए ।

सांसद चौधरीले अत्तरियादेखि पहाडी जिल्लामा जाने सडक अवरुद्ध भएको भन्दै सुदूरपश्चिको सडकहरू बैकल्पिक रुपमा उपाय खोज्नुपर्ने बताएका छन् ।

सांसद चौधरीले चिसापानीदेखि तुइनेसम्म टेण्डर भएको भन्दै रुख कटान गर्न नसक्दा सडकखण्ड बिस्तारमा रोकिएको बताएका छन् ।

Published : Tuesday, 2023 August 29, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया