घिमिरेको सचिवमा बढुवा, पनेरु महाप्रबन्धमा नियुक्त
काठमाडौं । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा घिमिरेलाई बढुवा गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
सरकारले भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । सरकारले प्रतिनिधि सभाका सांसदद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।
नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय भएको छ ।
सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया