अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा यादव सर्वसम्मत, ओली, नेपाल, साउदसहितका ठूला नेताले दिए शुभकामना

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापति पदमा सर्वसम्मत भएका जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादव सर्वसम्मत भएका छन् ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा सांसद यादव सभापतिमा सर्वसम्मत भएका हुन् । समितिका जेष्ठ सांसद पशुपतिशम्शेर जबराले जसपाका सांसद यादवलाई सभापतिमा सर्वसम्मत भएको घोषणा गरेका थिए ।

सिंहदरबारमै सभामुख देवराज घिमिरेसँग पद तथा गोपनीयताको शपथ लिएपछि यादवले आफ्नो कार्यकक्षमा पुगेर जिम्मेवारी सम्हालेका छन् ।

बैठकमा सभापति यादवलाई एमालेका सांसद केपी ओली, नेकपा(एकीकृत समाजवादी)का सांसद माधवकुमार नेपाल, परराष्ट्रमन्त्री समेत रहेका सांसद एनपी साउदलगायतले बधाइ तथा शुभकामना दिएका छन् ।

Published : Tuesday, 2023 August 29, 1:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया