सुमित साह २६ लाखसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत खुल्न नसकेको नगद २६ लाखसहित २६ वर्षीय सुमित साहलाई पक्राउ गरेको छ ।

सोमबार पक्राउ पर्नेमा भारतको जिल्ला मधुवनी ग्रामपंचायत मधवापुर–४ का साह रहेका छन् ।

ज १२ प १६४४ नम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई प्रहरीले मटिहानी नगरपालिका–३ स्थित प्रतापि बाबा मंन्दिर अगाडी जनकपुर–मटिहानी सडक खण्डमा चेकजाँच गर्दा रकम बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता एवम् डीएसपी दिलिपकुमार गिरिले बताए ।

साहले चलाउँदै आएको मोटरसाइकल सिटभित्र राखेको २६ लाख २० हजार नेपाली रुपियाँ लाख बरामद भएको प्रहरीले जनाएको छ ।

रकमसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको छ ।

Published : Tuesday, 2023 August 29, 12:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया